अमेरिका भ्रमणबारे प्रधानमन्त्री देउवाले जानकारी दिनुपर्छ : नेपाल- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अमेरिका भ्रमणबारे प्रधानमन्त्री देउवाले जानकारी दिनुपर्छ : नेपाल

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिका भम्रणबारेमा संसद, समिति र नागरिकलाई जानकारी दिनुपर्ने बताएका छन् ।

फाइल तस्बिर ।

सोमबार प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा परराष्ट्र नीतिबारे बोल्दै अध्यक्ष नेपालले प्रधानमन्त्रीको अमेरिका भ्रमणको विषयमा धेरै प्रश्नहरु उठेको भन्दै प्रधानमन्त्रीले संसद्, समिति र देशलाई जानकारी दिनुपर्ने बताएका हुन् ।

भ्रमणमा देशलाई उचित हुनेभन्दा बाहेक अन्य कुनै पनि गतिविधिहरु सरकारले गर्न नहुने नेपालको भनाइ थियो । अध्यक्ष नेपालले असंग्लन परराष्ट्र नीतिबाट सरकार अविचलित भएर अगाडि बढ्न नहुने बताए । उनले परराष्ट्र नीतिको विषयमा कुनै पनि किसिमको दबाब र धम्की स्वीकार्य नहुने बताए ।

अध्यक्ष नेपालले सरकारका परराष्ट्रमन्त्री अन्तर्राष्ट्रिय सम्बन्धको विषयमा छलफलमा वर्तमान सरकारको अन्तर्राष्ट्रिय नीतिको विषयमा जानकारी गराउनु उपस्थिति जनाउनुपर्ने बताए । पहिलोपटक नेपालमा विदेशी सेना रहेको सुनेको पनि उनले बताए । अध्यक्ष नेपालले विदेशी सेना नेपालमा आएर बस्नु गम्भीर विषय रहेको भन्दै समितिमा सरकारको ध्यानाकर्षण गर्न माग गरे ।

‘नेपालले कुनै पक्षमा नलाग्ने असंग्लन परराष्ट्र नीति लिएका छौं । त्यो नीतिमा सरकार अविचलित रूपमा अगाडि बढ्नुपर्छ । सरकारले आफ्नो नीतिका विषयमा सबैलाई स्पष्ट रूपमा राख्नुपर्छ । यो मामिलामा कुनै किसिमको दबाब,धम्की हामीलाई स्वीकार्य हुन सक्दैन,’ उनले भने । अध्यक्ष नेपालले सरकारले लिने वैदेशिक ऋणका प्रावधानमा धेरै त्रुटि रहेको भन्दै परिर्वतन गर्नुपर्ने बताए ।

प्रकाशित : जेष्ठ ३०, २०७९ १५:३०
प्रतिक्रिया
पठाउनुहोस्

कछुवाका बच्चासहित दुई पक्राउ

कान्तिपुर संवाददाता

काठमाडौँ — काठमाडौँ महानगरपालिका–३२ कोटेश्वरबाट १० वटा कछुवासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कीर्तिपुर नगरपालिका–१ घर भएका २५ वर्षीय राज देउला र २० वर्षीय राहुल देउला रहेका छन् ।

कोटेश्वरस्थित एक क्याफे हाउसमा शंकास्पद रुपमा बसिरहेका उनीहरूलाई प्रहरीले जाँच गर्ने क्रममा झोलामा राखेको अवस्थामा उक्त कछुवा फेला पारी पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

उनीरूले प्रयोग गरेको बा ९९ प ४९४४ नम्बरको मोटरसाइकल र तीन थान मोबाइलसमेत प्रहरीले बरामद गरेको छ । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।

अवैध रुपमा कछुवाको ओसारपसार गर्न लागेको सूचनाको आधारमा प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको टोलीले ती व्यक्तिहरूलाई पक्राउ गरेको जनाएको छ ।

प्रकाशित : जेष्ठ ३०, २०७९ १५:२८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×