१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

एसपीपी अस्वीकार गर्दै अमेरिकालाई पत्र लेख्ने सरकारको निर्णय 

काठमाडौँ — सरकारले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम(एसपीपी) अस्वीकार गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अमेरिकालाई पत्र लेखेरै एसपीपी सम्झौता अस्वीकार गर्ने निर्णय गरेको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले इकान्तिपुरलाई जानकारी दिए ।

एसपीपी अस्वीकार गर्दै अमेरिकालाई पत्र लेख्ने सरकारको निर्णय 

विदेशी कूटनीतिक नियोगलाई लेखिने पत्र परराष्ट्र मन्त्रालयबाट मात्र पठाइने पनि बैठकले निर्णय गरेको पनि मन्त्री पौडेलले जानकारी दिए । कूटनीतिक ‘रुट बाइपास’ गरेर एसपीपीबारे सेनाले अमेरिकी दूतावासलाई पत्र पठाएपछि विवाद उत्पन्न भएको थियो । अमेरिकासँग एसपीपी प्रकरणले नेपालको राजनीतिक नेतृत्वको विश्वसनीयतामाथि मात्र होइन, सेनाको साखमा पनि क्षति पुर्‍याएको छ। कूटनीतिक ‘रुट बाइपास’ गरेर दूतावासलाई पत्र लेख्ने, सिधै सहयोग लिने मात्र होइन, आफैंले गरेको पत्राचार पनि होइन भनेर देशलाई गुमराहमा राख्ने सैनिक नेतृत्वको प्रवृत्तिको आलोचना भएको छ ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमाले र सत्ता गठबन्धनमा रहेका प्रमुख तीन दलले एसपीपी अस्वीकार गरेको उल्लेख गर्दै पत्र लेख्न प्रधानमन्त्री शेरबहादुर देउवामाथि दबाब दिएका थिए । तत्कालीन सेनापति राजेन्द्र क्षत्रीले एसपीपीमा सहभागिताका लागि ०७२ कात्तिक १० मा अमेरिकी दूतावासलाई पठाएको पत्र सार्वजनिक भइसकेको छ । एसपीपी प्रकरणले नेपालका राजनीतिक नेतृत्वको विश्वसनीयता घटाएको र सेनाको साखमा पनि क्षति पुर्‍याएको टिप्पणी भइरहेको छ ।

एसपीपी : कूटनीतिक ‘रुट बाइपास’ गर्दा क्षति

सुरुमा एमालेकै अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार भएकै बेला ०७२ मा ‘सरकारकै अनुमतिमा’ सेनापतिले अमेरिकी दूतावासलाई लेखेको पत्र सार्वजनिक भएको थियो ।

त्यस्तै माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री भएका बेला ०७४ वैशाख र कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएका बेला ०७४ माघमा त्यस्तै पत्र सेनाले लेखेको बताइएको छ । एसपीपीसम्बन्धी १० बुँदे प्रस्ताव सार्वजनिक भएपछि सम्झौता नगर्न भन्दै सरकारलाई चौतर्फी दबाब आएको थियो ।

प्रकाशित : असार ६, २०७९ १९:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?