२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

अमेरिकी एसपीपी सम्झौता गरिए परराष्ट्र नीति ध्वस्त हुन्छ : रावल

काठमाडौँ — नेकपा (एमाले)का सांसद भीम रावलले अमेरिकाद्वारा प्रस्तावित स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) सम्झौता गरिए देशको परराष्ट्र नीति नै ध्वस्त भएर जाने दाबी गरेका छन् ।

अमेरिकी एसपीपी सम्झौता गरिए परराष्ट्र नीति ध्वस्त हुन्छ : रावल

आफूहरूले एमसीसी पारित गर्दा नै नेपाललाई अमेरिकी हिन्द प्रशान्त रणनीतिको अंग बनाएर नेपालको स्वतन्त्र परराष्ट्र नीतिलाई ध्वस्त गर्ने काम हुँदैछ भन्ने आशंका गरेको उल्लेख गर्दै उनले एसपीपीका दफाहरू र घटनाक्रमले पनि त्यतै संकेत गरेको उनको भनाइ छ ।

यस विषयमा सरकारले यथार्थ स्पष्ट गराउनुपर्ने उनको माग थियो । ‘यदी त्यस्तोमा नेपालले प्रवेश गर्ने हो भने नेपालको संविधानको धारा ५१ को ड र अरु २७९, अरु सबै हाम्रो जुन अहिले असंलग्न स्वतन्त्र परराष्ट्र नीति हो, जो संयुक्त राष्ट्रसंघको वडापत्रमा आधारित छ । असंलग्न पञ्चशिलका सिद्धान्तमा आधारित छ । हामी चीन र भारतजस्ता विशाल देशमा रहेको जुन प्रकारको संवेदनशील भू–राजनीतिमा छौं । यो देशको सम्पूर्ण रुपमा परराष्ट्र नीति नै ध्वस्त भएर जान्छ । त्यस्तो गम्भीर कुरा बाहिर आएको छ । यो विषय नेपालजस्तो देशको लागि अत्यन्त गम्भीर विषय छ । यदी यस्तो हो भने त नेपाललाई एउटा सैनिक गठबन्धनतिर लैजाने र नेपाललाई अमेरिकी हिन्द प्रशान्त रणनीतिको अंग बनाएर नेपालको स्वतन्त्र परराष्ट्र नीतिलाई ध्वस्त गर्ने राष्ट्रहित विरोधी काम हुँदैछ र यसका कतिपय दफाहरुले त्यसतर्फ संकेत गर्छन् भनेर हामीले जुन कुरा उठाएका थियौं, अहिले घटनाक्रमले त्यो कुरातर्फ संकेत गरिरहेका छन् । र त्यो कुरा दिनदिनै अझ प्रवल रुपमा अगाडि देखा पर्दै आएको छ,’ सांसद रावलले भने ।

यस्तै नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक देव गुरुङले पनि एसपीपी सम्झौता गरिए राष्ट्रघात हुने र नेपाली सेना आइपीएसको अंग बन्न जाने बताए । यसले नेपालको राष्ट्रिय स्वाधिनतामाथि ठूलो समस्या पैदा गर्ने उनको तर्क थियो ।

प्रकाशित : जेष्ठ ३१, २०७९ १८:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?