कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

काठमाडौंमा २ सय मत गन्दा बालेन ७४ मत साथ पहिलो

मधु शाही

काठमाडौँ — काठमाडौं महानगरपालिमा २ सय मत गणना हुँदा स्वतन्त्र उम्मेदवार बालेन साहले ७४ मत प्राप्त गरेको आग्रता कायम गरेका छन् ।

काठमाडौंमा २ सय मत गन्दा बालेन ७४ मत साथ पहिलो

हालसम्म वडा नम्बर १ र ३२ को एक/एक सय मत गणना गरिएको छ । कांग्रेसकी सिर्जना सिंहले ४६ मत प्राप्त गरेकी छिन् । त्यसैगरी एमालेका केशव स्थापितले २८ मत प्राप्त गरेका छन् । त्यसैगरी राप्रपाले ३ मत प्राप्त गरेको छ ।

वडा नम्बर १ मा हालसम्म एक सय र वडा नम्बर ३२ मा २५ मत गणना गरिएको छ । वडा नम्बर १ मा गणना गरिएको सय मतमा सिंहले २९, साहले २० र स्थापितले १६ मत ल्याएको निर्वाचन कार्यालयले जनाएको छ ।

३ लाख २ सय ४२ मत रहेको महानगरपालिकामा १ लाख ९० हजार १ सय ७० मत खसेको छ । त्यसैगरी उप मेयरमा एमालेकी सुनिता डंगोलले अग्रता कायम गरेकी छिन् ।

प्रकाशित : वैशाख ३१, २०७९ १३:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?