काठमाडौँ — लोकतान्त्रिक समाजवादी पार्टीले चुनावी घोषणापत्र सार्वजनिक गर्दै लोकतन्त्र औपचारिकतामा सीमित भएको र समावेशिता पश्चगमनतिर लम्किएको जनाएको छ ।
शुक्रबार पार्टी केन्द्रीय कार्यालयबाट लोसपाका शीर्ष नेताहरूले सार्वजनिक गरेको घोषणापत्रमा नेपालका प्रमुख राजनीनिक दलहरू विचारशून्य अवस्थामा पुगेको टिप्पणी गरिएको छ ।
तराईका जिल्लाहरूमा लोसपाको मुख्य प्रतिस्पर्धी दल जनता समाजवादी पार्टीमाथि उसले कडा टिप्पणी गरेको छ । उसले जसपालाई मुद्दाविहीन र संकीर्ण जातीयता केन्द्रित सत्तामुखी पार्टीको रुपमा चित्रण गरेको छ ।
कांग्रेसलाई ठूलो पार्टी सानो काममा अल्झिएको जनाएको छ । लोसपाले कांग्रेसलाई नाम ठूलो र काम सानो भएको टिप्पणी गरेको छ ।
यस्तै, कम्युनिस्ट पार्टीहरूलाई विचारशून्य सत्तालोलुप राजनीतिक उद्यमी भएको लोसपाको टिप्पणी छ । कम्युनिस्ट पार्टीहरूले राजनीतिमा संख्यात्मक उपस्थिति जनाए पनि आफ्नो औचित्य सावित गर्न नसकेको उसको टिप्पणी छ ।
लोसपाले घोषणापत्रमार्फत् अन्य राजनीतिक दलहरूमाथि समीक्षा तथा टिप्पणी गरेको छ । जहाँ लोसपाले कम्युनिस्ट पार्टीहरूमाथि विचारशून्य र नेतृत्वविहीन भन्दै टिप्पणी गरेको छ ।
यस्तै, घोषणापत्रमा लोसपाको विचारधारा र प्रतिबद्धता उल्लेख छ । जहाँ लोसपाले बुँदागत रुपमा २० वटा क्षेत्रमा प्रतिबद्धता व्यक्त गरेको छ ।
यस्तो छ घोषणापत्रको पूर्णपाठ :
