दोलखाको बैत्यश्वरमा कांग्रेसका बागी उम्मेदवार एमाले प्रवेश

वैशाख १६, २०७९

केदार शिवाकोटी

दोलखा — दोलखाको बैत्यश्वरमा कांग्रेसबाट उपाध्यक्षमा बागी उम्मेदवारी दिएका पूर्व उपसभापति छविलाल मोक्तन(सानो छवि) एमाले प्रवेश गरेका छन् ।

कांग्रेसबाट बैत्यश्वर गाउँपालिकाको अध्यक्ष दाबेदार उनलाई पार्टीले टिकट नदिएपछि उपाध्यक्षमा उम्मेदवारी दिएका थिए । एमालेले उनको स्वतन्त्र उमेदवारीलाई समर्थन गर्ने भएपछि मोक्तान एमाले प्रवेश गरेका हुन् ।

मोक्तान एमाले प्रवेशपछि उनलाई सहयोग गर्ने र एमालेबाट उपाध्यक्षमा उमेदवारी दिएकी नविना लामालाई फिर्ता बोलाउने सहमती भएको एमाले दोलखाका उपाध्यक्ष तथा प्रचार विभाग प्रमुख राजेन्द्र मानन्धले बताए ।

पार्टी प्रवेश गरेसँगै मोक्तान एमालेको आधिकारिक उम्मेदवार भएको मानन्धरले बताए । एमाले प्रवेश गरेका मोक्तान बैत्यश्वरमा प्रभावशाली नेता मानिन्छन् ।

गठबन्धनका नाममा पार्टीले इमान्दार नेता कार्यकर्तालाई पाखा लगाउने कार्य गरेको भन्दै ३० वर्षे कांग्रेसको यात्रा टुंग्याएको उनले बताए । उनलाई एमालेका पोलिटब्यूरो सदस्य पार्वत गुरुङलगायतले पार्टी प्रवेश गराएका थिए ।

स्थानीय तह निर्वाचन २०७९

केदार

Link copied successfully