लोसपाको चुनावी घोषणापत्र सार्वजनिक

वैशाख १६, २०७९

कान्तिपुर संवाददाता

काठमाडौँ — महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले स्थानीय तह निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ ।

शुक्रबार काठमाडौंको बबरमहलस्थित पार्टी केन्द्रीय कार्यालयमा सो घोषणापत्र सार्वजनिक गरिएको हो ।

घोषणापत्रमा सबै महिलाहरुलाई निःशुल्क शिक्षा हासिल गर्नुपर्ने व्यवस्था गर्ने, सार्वजनिक सवारी साधन निःशुल्क गर्ने, विपन्नका लागि स्वास्थ्य उपचार निःशुल्क हुने व्यवस्था गर्ने महत्वकांक्षी योजना उल्लेख गरिएको छ ।

यसअघि नेपाली कांग्रेस, नेकपा एमाले लगायत पार्टीले घोषणापत्र सार्वजनिक गरिसकेका छन् ।

स्थानीय तह निर्वाचन २०७९

कान्तिपुर

Link copied successfully