कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६६

४० प्रतिशत युवा उम्मेदवार बनाउन राष्ट्रिय युवा परिषद्को माग

काठमाडौँ — राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले आसन्न स्थानीय तहको निर्वाचनमा ४० प्रतिशत युवालाई उम्मेदवार बनाउन सबै राजनीतिक दलसँग आग्रह गरेका छन् । बस्नेतले युवाले  मुलुकको कुल जनसंख्याको ४० प्रतिशत हिस्सा ओगटेको दाबी गर्दै सोही अनुपातमा युवाहरूलाई उम्मेदवार बनाउन आग्रह गरेका हुन् ।

४० प्रतिशत युवा उम्मेदवार बनाउन राष्ट्रिय युवा परिषद्को माग

उपाध्यक्ष बस्नेतले युवाहरु भविष्यका कर्णधार मात्र नभएर वर्तमानका जबर्जस्त अंशियार भएको उल्लेख गरेका छन्।

'आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा ४० प्रतिशत युवाहरुलाई उम्मेदवार वनाउन सबै राजनीतिक दलहरूलाई हार्दिक आह्वान गर्न चाहन्छौं' नयाँ वर्षको अवसरमा बिहीबार शुभकामना वक्तव्य जारी गर्दै उनले भनेको छन् ।

आम युवाहरूलाई स्वरोजगार , उद्यमशीलता , नवप्रवर्तन र सिप विकासको माध्यमबाट राष्ट्र निर्माणको मुल प्रवाहमा समाहित गर्नु जरुरी रहेको उल्लेख गर्दै उनले संघ , प्रदेश र स्थानीय तहलाई अधिकतम रुपमा युवामैत्री बनाउँदै युवा सहभागिता, परिचालन र नेतृत्व विकासको आवश्यकता रहेको बताएका छन् ।

प्रकाशित : वैशाख १, २०७९ १०:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

×