अध्यक्ष दाहालको प्रतिवेदनमाथि छलफलको निष्कर्ष र सुझाव प्रस्तुत गर्ने क्रम जारी

पुस १५, २०७८

कान्तिपुर संवाददाता

काठमाडौँ — मा‌ओवादीको ८औं राष्ट्रिय महाधिवेशनको पाँचौ दिन बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहालको राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफलको निष्कर्ष र सुझाव प्रस्तुत गर्ने क्रम जारी रहेको छ । 

बन्दसत्रको चौथो दिन १४ समूहले दाहालको प्रतिवेदनमाथि सुझाव पेस गर्ने कार्यक्रम जारी रहेको छ । बिहान ११ बजेदेखि बन्दसत्रको कार्यक्रम जारी रहेको छ । 

समूहगत छलफलमा विधान संशोधनको प्रस्वावमाथि पनि प्रश्न र सुझाव आएका छन् ।समूहरुको निष्कर्ष सुनिसकेपछि दाहालले राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्नको र देवप्रसाद गुरुङले विधान संशोधन प्रस्तावमाथि उठेका प्रश्नको जवाफ दिने कार्यक्रम रहको छ ।

दाहाल र गुरुङले जवाफ दिइसकेपछि बिहीबार नै केन्द्रीय कमिटी निर्वाचन कार्यतालिका सार्वजनिक गरिने तयारी रहेको निर्वाचन आयोगले जानकारी दिएको छ । 

निर्वाचन आयोगले मतदाता नामावली तयार पारेर राखेको र दुवै प्रतिवेदनमाथि जवाफ दिने क्रम सकिएपछि सार्वजनिक  गरिने बताइएको छ ।

माओवादी महाधिवेशनमाओवादी राष्ट्रिय सम्मेलन

कान्तिपुर

Link copied successfully