माओवादी स्थायी समिति बैठक : सबै 'क्लस्टर' को प्रतिनिधित्व हुने गरी समिति निर्माण गर्ने

पुस १३, २०७८

कान्तिपुर संवाददाता

काठमाडौँ — माओवादी केन्द्रले संविधानको व्यवस्थाअनुसार सबै समूहहरूको समानुपातिक प्रतिनिधित्व हुने गरी समिति निर्माण गर्ने भएको छ । 

महाधिवेशनस्थल प्रज्ञा प्रतिष्ठानमा मंगलबार बसेको स्थायी समिति बैठकले युवा, महिला, मुस्लिम, आदिवासी जनजाति लगायतको समानुपातिक प्रतिनिधित्व हुने गरी समिति निर्माण गर्ने समझदारी भएको नेता देवेन्द्र पौडेलले जानकारी दिए ।

अध्यक्ष पुष्पकमल दाहालको प्रतिवेदनमाथि भइरहेको समूहगत छलफलमा केन्द्रीय नेताहरू पनि सहभागी भएर सहजीकरण गर्ने उनले बताए । 

सम्मेलनको समूहगत छलफल बुधबार दिउँसो १ बजेसम्म सक्ने र त्यसपछि बन्द सत्रमा सुझावहरू पेस गर्दै आउँदो १६ गते महाधिवेशनका सबै काम पूरा गर्ने उनले जानकारी दिए ।

माओवादी महाधिवेशन

कान्तिपुर

Link copied successfully