कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सिरिञ्ज अभाव भएपछि फाइजर खोप अभियान तत्कालका लागि स्थगित

काठमाडौँ — खोपका लागि सिरिञ्ज अभाव भएपछि मंगलबारदेखि दिइने भनिएको फाइजर खोप अभियान तत्कालका लागि स्थगित भएको छ ।

सिरिञ्ज अभाव भएपछि फाइजर खोप अभियान तत्कालका लागि स्थगित

स्वास्थ्य सेवा विभाग खोप शाखाका प्रमुख सागर दाहालले सिरिञ्ज नआएपछि केही समयका लागि खोप अभियान स्थगित भएको बताए । उनले भने, ‘खोप हामीलाई अनुदानमा प्राप्त भएको हो । खोपसँगै सिरिञ्ज पनि आउनुपर्ने हो त्यो नआएकाले खोप अभियान केही समय होल्ड गर्नुपरेको हो ।’

उनले फाइजर खोपका लागि मात्र सिरिञ्ज नआएको भन्दै अरु खोपहरु ढुक्कले लगाउन आग्रह गरे । उनका अनुसार फाइजर खोपका लागि ०.३३ एमएमको सिरिञ्ज आवश्यक पर्छ । ‘खोप, सिरिञ्ज, डाइलुएन्ट सबै सँगै दिनुपर्ने हो । डाइलुएन्ट पनि २९ तारिखमा आउँदैछ । अभियानका लागि ६ लाख ६४ हजार फाइजर खोप आइसकेको छ ,’ उनले भने ।

सिरिञ्ज आउनेबित्तिकै खोप अभियान सुरु हुने उनले बताए । सरकारले ८ जिल्लामा पुस १३ गतेदेखि २२ गतेसम्म फाइजर खोप दिने जनाएको थियो ।

प्रकाशित : पुस १२, २०७८ १५:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?