माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन महाधिवेशनमा रुपान्तरण

पुस १०, २०७८

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा (माओवादी केन्द्र)ले प्रथम राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय कोटेश्वरमा शनिबार बसेको स्थायी कमिटी बैठकमा राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण गर्ने अध्यक्ष पुष्पकमल दाहालको प्रस्तावलाई केन्द्रीय कमिटीमा पठाउने निर्णय गरेको हो ।

शिक्षामन्त्रीसमेत रहेका स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले भने, 'सम्मेलनले नीति र नेतृत्व चयन गर्ने भएपछि पार्टीको तल्लो तहबाटै महाधिवेशन भन्दै आएकोले अध्यक्ष प्रचण्डले महाधिवेशन नै भनौं भन्ने प्रस्ताव गर्नुभयो । त्यसलाई आइतबार बिहान ८ बजे बस्ने केन्द्रीय समिति बैठकमा लैजाने निर्णय भएको छ ।'

मा‌ओवादी केन्द्रको महाधिवेशन आइतबारदेखि काठमाडौंमा सुरु हुनेछ । 

माओवादी राष्ट्रिय सम्मेलनमाओवादी महाधिवेशन

कान्तिपुर

Link copied successfully