माओवादी सम्मेलनमा १६ सय ३१ प्रतिनिधि

पुस ९, २०७८

कान्तिपुर संवाददाता

काठमाडौँ — माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनमा सहभागी हुने प्रतिनिधिको संख्या बढाउने निर्णय गरेको छ । आइतबारदेखि काठमाडौंमा हुने सम्मेलनमा यसअघि १ हजार ५ सय ३३ प्रतिनिधि हुने बताइएकामा अब १ हजार ६ सय ३१ प्रतिनिधि रहने भएका छन् ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शुक्रबार बसेको स्थायी कमिटी बैठकले नियमित प्रक्रियाबाट आउने प्रतिनिधिको संख्या १ हजार ४ सय ८३ को १० प्रतिशत मनोनयन गर्ने निर्णय गरेको हो । यसअघि ५ प्रतिशत मनोनयन निर्णय गरिएकामा १० प्रतिशत पुर्‍याइएको हो । पार्टी प्रवक्ता कृष्णबहादुर महराका अनुसार १ सय ४८ जना प्रतिनिधि मनोनयनको जिम्मा अध्यक्ष पुष्पकमल दाहाललाई दिइएको छ ।

शुक्रबारको बैठकमा अध्यक्ष दाहालले राजनीतिक प्रतिवेदन पेस गरेका थिए । प्रतिवेदनमाथि शनिबार बस्ने स्थायी कमिटी बैठकमा छलफल हुने भएको छ । स्थायी कमिटी सदस्यहरूबाट आएका सुझावलाई समेटेर परिमार्जनसहितको प्रतिवेदन दाहालले राष्ट्रिय सम्मेलनमा प्रस्तुत गर्नेछन् ।

माओवादी राष्ट्रिय सम्मेलनमाओवादी महाधिवेशन

कान्तिपुर

Link copied successfully