माओवादी र मसाल (सम्पर्क केन्द्र)बीच एकता

पुस ९, २०७८

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा माओवादी केन्द्र र नेकपा मसाल (सम्पर्क केन्द्र) बीच शुक्रबार एकता भएको छ। शुक्रबार दिउँसो काठमाडौंको त्रिपुरेश्वरमा एक सभाका बीच एकता घोषणा गरिएको हो ।

मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसालबाट फुटेर गठन भएको नेकपा मसला (सम्पर्क केन्द्र) ले माओवादीको महाधिवेशनको संघारमै एकता गरेको हो । मसालबाट अलग्गिएको उक्त समूहको नेतृत्व लोकेन्द्र लम्सालले गरेका थिए ।

शुक्रबार एकता घोषणा सभामा माओवादी केन्द्रको तर्फबाट पुष्पकमल दाहाल र मसाल सम्पर्क केन्द्रको तर्फबाट लोकेन्द्र लम्सालले हस्ताक्षर गरेका छन् ।

मसालका नेता मोहनविक्रम सिंहले भने माओवादीसँग एकता गर्ने सम्पर्क केन्द्रलाई पार्टीमै फर्किनका लागि आग्रह गर्दै विज्ञप्ति जारी गरेका छन् ।

माओवादी महाधिवेशन

कान्तिपुर

Link copied successfully