कांग्रेस महाधिवेशन

थारूतर्फ रामजनम र योगेन्द्र चौधरीसहित चार जना निर्वाचित

काठमाडौँ — थारु तर्फबाट कांग्रेसको केन्द्रीय सदस्यमा योगेन्द्र चौधरी, रामजनम चौधरी, कल्पना चौधरी र जीवन राना निर्वाचित भएका छन् । योगेन्द्र र रामजनमले खुलातर्फ जितेका हुन् भने चौधरी र रानाले महिलातर्फ केन्द्रीय सदस्य जितेका हुन् । 

थारूतर्फ रामजनम र योगेन्द्र चौधरीसहित चार जना निर्वाचित

खुलातर्फ रामजनम्ले सबैभन्दा धेरै २ हजार ५०३ मत पाएका छन् भने योगेन्द्रले २ हजार १९८ मत पाएका छन् ।

त्यही पदका प्रत्यासीहरू देवराज चौधरीले २१७, पार्वता डिसी चौधरीले ५६३, भोटनी देवी खवासले २९९, यज्ञराज चौधरीले १८४, बद्रीनारायण चौधरीले १ हजार ६०४ र साजनकुमार महत्तोले १ हजार ४१२ मत पाएका छन् ।

त्यस्तै, थारु महिलातर्फ कल्पना चौधरी र जीवन राना केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । चौधरीले २ हजार ५२४ मत पाइन् भने रानाले २ हजार ३४९ मत पाइन् । त्यही पदमा प्रत्यासीह टिकाकुमारी चौधरीले ८९२, नमिताकुमारी चौधरीले १ हजार ६६१ र नवोदिता चौधरीले १ हजार ५९० मत पाएका छन ।


प्रकाशित : पुस ६, २०७८ २१:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?