कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
कांग्रेस महाधिवेशन

कर्णाली प्रदेशबाट बुढा, शाह र सिंह विजयी, थानी १ मतले पराजित

काठमाडौँ — कर्णाली प्रदेशबाट कर्णबहादुर बुढा, राजीव विक्रम शाह र जानकी सिंह निर्वाचित भएका छन् । खुलातर्फ बुढा र शाह निर्वाचित भएका हुन् भने महिलातर्फ सिंह विजयी भएकी हुन् । बुढाले २२ सय र शाहले २ हजार ८२० मत पाएका छन् । 

कर्णाली प्रदेशबाट बुढा, शाह र सिंह विजयी, थानी १ मतले पराजित

यसअघि केन्द्रीय सदस्य रहेका हृदयराम थानी १ मतले पराजित भएका छन् । उनले २ हजार १९९ मत ल्याए । सोही पदका प्रत्यासी दीनबन्धु श्रष्ठले १ हजार ५४६ र नारायणप्रसाद भट्टराईले ३६० मत पाएका छन् ।

त्यस्तै, महिलातर्फ जानकी सिंह निर्वाचित भएकी छिन् । उनले २ हजार ६२४ मत पाइन् भने प्रत्यासी मैना कार्की रावलले १ हजार ९५५ मत पाइन् ।

प्रकाशित : पुस ६, २०७८ २१:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?