कांग्रेस केन्द्रीय सदस्यमा मधेसी र मुस्लिमबाट क–कसले जिते ? - समाचार - कान्तिपुर समाचार

कांग्रेस केन्द्रीय सदस्यमा मधेसी र मुस्लिमबाट क–कसले जिते ? 

कान्तिपुर संवाददाता

काठमाडौँ — कांग्रेसको केन्द्रीय सदस्यमा मधेसी महिलातर्फ नागिना यादव(२८४८), मञ्जुकुमारी यादव (२८८६), मिनाक्षी झा(३०१२) र मुक्ताकुमारी यादव (३९६०) मतसहित विजयी भएका छन् । त्यही पदकी प्रत्यासी किरण यादवले २ हजार ७२२ मत मात्रै ल्याएकी छिन् । उनी यसअघि नै केन्द्रीय सदस्य थिइन् । 

मधेसी खुलातर्फ अजयकुमार चौरसिया(२५२२), चन्द्रमोहन यादव(२१३८), दिनेशकुमार यादव(१९५९), महेन्द्रकुमार राय(१९८४) र विनोदकुमार चौधरी(२२०६) मतसहित विजयी भएका छन् ।

त्यही पदका प्रत्यासीहरू अजयकुमार द्धिवेदी (१७८७), अन्जनीकुमार झा (८०३), देवकुरणप्रसाद कलवार (१६४१), पवनकुमार सारडा(९८), प्रभुनाथ राउत (१७३), प्रेमकिशोर प्रसाद साह (१५३), भगिरथकुमार पोद्धार (२७६), भारतेन्दुकुमार मल्लिक (१२१९), मिथिलेशकुमार मिश्र (३१९), रामदयाल यादव (१५०), रामनारायण मण्डल (७०), रामपल्टन साह (३८८), सकलदेव सुतिहार (११३), सत्यनारायण चौधरी (१३३३), सुभाषचन्द्र यादव (१८८४), सुशिल नाहटा (२०९) र हेमराज तातेड (११०) मत पाएका छन् ।

त्यस्तै, मुस्लिमतर्फ अब्दुल रज्जाक, अब्दुल सतार र जावेदा खातुन निर्वाचित भएका छन् । खुलातर्फ रज्जाक र सतार तथा महिलातफ खातुन निर्वाचित भएका हुन् । रज्जाकले २३९० मत पाएका छन् भने सतारले २२२८ मत पाएका छन् ।

त्यही पदका प्रत्यासीहरू अकिल मियाँले १५९९, अब्दुल रहिमले २९९, इर्शाद अन्सारीले १४२१, नसिर सिद्धिकीले १२३, मोख्तार अहमदले २१८, मोहम्मद निजामुद्धिनले १७९, सलाउद्धिन मियाँले १६८ र हसन अन्सारीले ४०१ मत पाएका छन् ।

त्यस्तै, महिलातर्फ जावेदा खातुन जागा निर्वाचित भएकी छिन् । उनले १९ सय मत पाइन् । त्यही पदका अन्य प्रत्यासीहरू गोमा अन्सारीले ४७८, जमिला खातुनले ३३८, जमिला मियाँले १४४१, यासीबा रहमानले २०३ र सनम वेगमले १४६ मत पाएका छन् ।

प्रकाशित : पुस ६, २०७८ १८:२९
प्रतिक्रिया
पठाउनुहोस्

कांग्रेस केन्द्रीय सदस्यमा प्रदेश १ बाट अर्याल, कोइराला र लिम्बू निर्वाचित

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रदेश १ बाट कांग्रेसको केन्द्रीय सदस्यमा अमृत अर्याल, राजिव कोइराला र महेन्द्रकुमारी लिम्बू निर्वाचित भएका छन् । खुलातर्फ २ पदमा भएको निर्वाचनमा अर्याल र कोइराला विजयी भएका हुन् ।

अर्यालले २ हजार ३८९ मत पाएका छन् भने कोइरालाले २ हजार १५२ मत पाएका छन् । सोही पदका प्रत्यासी अनिलकृष्ण प्रसाईंले १४२२, आनन्द सन्तोषी राईले २०८१, खिलराज बस्नेतले २८१, जनार्दन राम निरौलाले १४९ र सुमित्रा थरुनीले ३९२ मत ल्याएका छन् ।

त्यस्तै, महिलातर्फ महेन्द्रकुमारी लिम्बू निर्वाचित भएकी हुन् । उनले २ हजार २२९ मत ल्याएकी छन् । त्यही पदका प्रत्यासी गोमाकुमारी भट्टराईले ६०९, लिलादेवी बोखिम लिम्बूले १७४७ मत ल्याएका छन् ।

अर्याल र लिम्बू सभापति शेरबहादुर देउवा समूहका नेता हुन् भने काेइराला देउवाइत्तर समूहका नेता हुन् । काेइराला प्रदेश १ मा कांग्रेसको संसदीय दलका नेता समेत हुन् ।

प्रकाशित : पुस ६, २०७८ १८:१९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×