आठ दिनमा ६३ सिटको परिणाम सार्वजनिक, अझै ७१ को बाँकी

पुस ६, २०७८

कान्तिपुर संवाददाता

काठमाडौँ — कांग्रेसको केन्द्रीय निर्वाचन समितिले आठ दिनदेखि मतगणना गरिरहेको छ । तर, अझै ७१ पदको परिणाम आइसकेको छैन । गत सोमबार कांग्रेसले १३४ पदका लागि निर्वाचन गरेको थियो । समितिले अहिलेसम्म ६३ पदको मात्रै परिणाम सार्वजनिक गरेको छ । 

समितिका संयोजक गोपालकृष्ण घिमिरेले बुधबारसम्म सबै पदको मतगणना सम्पन्न हुने र परिणाम सार्वजनिक गरिने बताए । ‘अब गणना अन्तिम चरणमा पुगेको छ, हामी बुधबार रातिसम्म सबै पदको गणना सकेर नतिजा सार्वजनिक गर्छौं,’ उनले इकान्तिपुरसँग भने । 

समितिले मतदान सम्पन्न गरेलगत्तै मतगणना थालेको थियो । मुख्य पदको नतिजा आउञ्जेलसम्म रात दिन लगाएर मतगणना गरिएपनि त्यसपछि भने दिउँसो मात्रै मतगणना भइरहेको छ । ‘हामीसँग सीमित स्रोतसाधन छ, जनशक्ति कम छ, त्यसैले सबै कुरालाई हेरेर १८ घण्टासम्म गणना गर्ने र केही समय आराम गर्ने गरी व्यवस्थापन गरेर गणना गरिरहेका छौँ,’ उनले भने । 

समितिले अहिले भूगोलतर्फ प्रदेशहरूको मतगणना गरिरहेको छ भने समावेशी समूहतर्फ मधेशी, थारु र मुस्लिमको मतगणना भइरहेको छ । आदिवासी जनजाति, खसआर्य र दलिततर्फको मतगणना मंगलबार दिउँसोबाट मात्रै प्रारम्भ हुँदैछ । 

समितिका अनुसार अहिलेसम्म सभापतिसहित पदाधिकारी १३ जना, खुला सदय ३५ जना, महिला सदस्य ९ जना, अपाङ्गता भएकातर्फबाट १ जना, अल्पसंख्यकतर्फबाट १ जना र पिछडिएको क्षेत्रबाट १ जना को गणना सम्पन्न गरेर नतिजा सार्वजनिक गरेको छ । 

अब बाँकी प्रदेशबाट १ महिलासहित ३–३ जना, दलिततर्फ ४ महिलासहित ९ जना, आदिवासी जनजातितर्फ ७ महिलासहित १५ जना, मुस्लिमतर्फ १ महिलासहित ३ जना, मधेशीतर्फ ४ महिलासहित ९ जना, थारुतर्फ २ महिलासहित ४ जना र खसआर्यतर्फ ६ महिलासहित १३ जना सदस्यको मतगणना हुन बाँकी छ । 

अहिलेसम्म को–को निर्वाचित भए ? 

सभापति – शेरबहादुर देउवा

उपसभापति – पूर्णबहादुर खड्का र धनराज गुरुङ

महामन्त्री– गगन थापा र विश्वप्रकाश शर्मा

सहमहामन्त्री– महालक्ष्मी उपाध्याय ‘डिना’, जीवन परियार, बद्रि पाण्डे, फरमुल्लाह मन्सुर, भीष्मराज आङ्देम्बे, किशोरसिंह राठोर, महेन्द्र यादव, उमाकान्त चौधरी

खुलातर्फ केन्द्रीय सदस्य – शशांक कोइराला, एनपी साउद, बालकृष्ण खाँण, उदय शमशेर राणा, रामहरि खतिवडा, ज्ञानेन्द्रबहादुर कार्की, रमेश लेखक, शंकर भण्डारी, जिपछिरिङ लामा, अर्जुननरसिंह केसी, जितजङ्ग बस्नेत, गोपालमान श्रेष्ठ, मोहनबहादुर बस्नेत, सुनिलबहादुर थापा, नैनसिंह महर, दिलेन्द्रप्रसाद बडु, रामशरण महत, बलबहादुर केसी, गोविन्द भट्टराई, कुन्दनराज काफ्ले, दिपक गिरी, सुरेन्द्रराज पाण्डे, पद्मनारायण चौधरी, राजिव ढुंगाना, गुरु बराल, सञ्जयकुमार गौतम, गोविन्दराज पोखरेल, मदनबहादुर अमात्य, अजयबाबु शिवाकोटी, गणेश लामा, दिनेश कोइराला, उमेशजङ्ग रायमाझी, मोहन आचार्य, गोपाल दहित र कृष्णकिशोर घिमिरे

महिला सदस्य खुलातर्फ – डिला संगौला, पुष्पा भुसाल, आरजु राणा देउवा, अम्बिका बस्नेत, ईश्वरी न्यौपाने, सरिता प्रसाई, रमा कोइराला पौडेल, सुशिला ढकाल आचार्य, रंगमति शाही

अल्पसंख्यकतर्फ केन्द्रीय सदस्य – प्रदीपकुमार सुनुवार

अपाङ्गता भएकातर्फ केन्द्रीय सदस्य – मदनकृष्ण श्रेष्ठ

पिछडिएको क्षेत्रबाट केन्द्रीय सदस्य – अर्जुनबहादुर सिंह

प्रदेश २ बाट – रमेश रिजाल, आनन्द ढुंगाना र चित्रलेखा यादव

कांग्रेस महाधिवेशन

कान्तिपुर

Link copied successfully