कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७
कांग्रेस महाधिवेशन

महिला खुला सदस्यमा डिला संग्रौलालाई सर्वाधिक मत, कसले कति पाए ? 

काठमाडौँ — कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत महिला खुला केन्द्रीय सदस्यको मतगणना सकिएको छ । केन्द्रीय निर्वाचन समितिका अनुसार महिलातर्फ खुला केन्द्रीय सदस्यमा डिला संग्रौलाले सर्वाधिक मतसहित जितेकी छन् । उनले दुई हजार ८८५ मत पाएकी छिन् । 

महिला खुला सदस्यमा डिला संग्रौलालाई सर्वाधिक मत, कसले कति पाए ? 

त्यस्तै, पुष्पा भुसालले दुई हजार ७१८, आरजु राणाले दुई हजार ५३६, अम्बिका बस्नेतले दुई हजार ३३९, इश्वरी न्यौपानेले दुई हजार २५९, सरिता प्रसाईंले दुई हजार ९६, रमा कोइराला पौडेलले एक हजार ८५८, सुशीला ढकाल आचार्यले एक हजार ८०४ र रंगमती शाहीले एक हजार ७८९ मतसहित विजयी भएका छन् ।

निर्वाचितमध्ये प्रसाईंबाहेक सबै शेरबहादुर देउवा समूहका हुन् । प्रसाई भने शेखर कोइराला समूहकी उम्मेदवार हुन् ।

निर्वाचितमध्ये संग्रौला, भुसाल, बस्नेत, न्यौपाने, प्रसाईं र कोइराला पौडेल यसअघि नै केन्द्रीय सदस्य थिए ।

ढकाल, राणा र शाही पहिलो पटक केन्द्रीय सदस्य बनेका हुन् । तेस्रो धेरै मतसहित निर्वाचित राणा सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी हुन् भने शाही हुम्लाबाट प्रतिनिधिसभा सदस्य छिन् ।

९ पदका लागि ३० जनाले उम्मेदवारी दिएकामध्ये राष्ट्रिय सभामा कांग्रेसकी सचेतक समेत रहेकी सांसद अनिता देवकोटासहित २१ जना पराजित भएका छन् ।

प्रकाशित : पुस ५, २०७८ २१:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?