प्रदेश १ का आन्तरिक मामिलामन्त्री कार्की कांग्रेस केन्द्रीय सदस्यमा पराजित

पुस ४, २०७८

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रदेश१ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्की कांग्रेसको केन्द्रीय सदस्यमा पराजित भएका छन् । 

३५ जना निर्वाचित हुनेमा उनले ३७ औँ मत प्राप्त गरेका छन् । शेखर कोइराला समूहबाट खुला केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका उनले १६४४ मत पाएका छन् । उनी ६४ मतले पराजित भएका हुन् । 

उनी प्रदेशसभामा कांग्रेसका प्रमुख सचेतकसमेत थिए । 

कांग्रेस महाधिवेशन

कान्तिपुर

Link copied successfully