जो थोरै मतले पराजित भए 

पुस ४, २०७८

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा मनोजमणि आचार्य ५३ मतले पराजित भएका छन् । ३५ जना निर्वाचित हुनेमा उनले ३६ औँ मत प्राप्त गरे । उनलाई कृष्णकिशोर घिमिरेले जितेका छन् । घिमिरेले १७०७ मत प्राप्त गरेका छन् भने आचार्यले १६५४ मत पाएका छन् । 

त्यस्तै, प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्की पनि पराजित भएका छन् । उनले १६४४ मत पाए ।

वीरेन्द्रप्रसाद कनौडिया (१५१९), मंगलप्रसाद थारु (१५१७), लोकेश ढकाल (१४९५), तीर्थराज खनियाँ (१४८२) र यज्ञबहादुर थापा (१४६०) पराजित भएका छन् । 

खुला केन्द्रीय सदस्य ३५ जना निर्वाचित हुनेमा ९९ जनाको उम्मेदवारी परेको थियो । 

कांग्रेस महाधिवेशन

कान्तिपुर

Link copied successfully