
काठमाडौँ — सुदूरपश्चिमबाट यज्ञराज जोशी, रणबहादुर रावल र सुशीला मिश्र भट्ट निर्वाचित भएका छन् । जोशी र रावल खुलातर्फ ४ प्रत्यासीलाई पछि पार्दै निर्वाचित भएका हुन् ।

जोशीले २ हजार ४४ मत पाए भने रावलले २ हजार ६६९ मत पाएका छन् ।
सोही पदका प्रत्यासी गणेशराज भट्टले ४२२, दिवानसिंह विष्टले १ हजार ७१२, पुष्करराज ओझाले ४५०, र भरतबहादुर खड्काले १ हजार ८०६ मत पाएका छन् ।
त्यस्तै, महिलातर्फ सुशिला मिश्र भट्ट निर्वाचित भएकी छिन् । उनले २ हजार ४२२ मत पाइन् । सोही पदमा चन्द्रादेवी जोशीले १ हजार ७६३, रमिता शाही देउवाले ४०३ मत पाए ।
प्रकाशित : पुस ६, २०७८ २१:४३