काठमाडौँ — नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यतर्फ तीन हजार ५९५ मतगणना भएको छ । पूर्वमहामन्त्री शशांक कोइरालाले आफ्नो अग्रता कायमै राखेका छन् । उनले तीन हजार ५९५ मतगणना हुँदा दुई हजार ९४० मत प्राप्त गरेका छन् ।
त्यस्तै, एनपी साउद, बालकृष्ण खाँण, उदयशमशेर राणा, रामहरि खतिवडा, रमेश लेखक, ज्ञानेन्द्रबहादुर कार्कीको अग्रता कायमै छ ।
१४ औं महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा हालसम्म सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्रीको मतपरिणाम सार्वजनिक भइसकेको छ । कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य गरी १३४ पदका लागि भएको मतदानमा जम्मा ४८७ ले उम्मेदवारी दिएका थिए । निर्वाचन समितिले अब एक सातामा सबै पदको मतगणना भइसक्ने जनाएको छ ।
हेर्नुहाेस् सूची
