खुला केन्द्रीय सदस्यको २ हजार ९९३ मतगणना हुँदा कसले कति मत पाए ? [सूचीसहित]

पुस ४, २०७८

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली कांग्रेस केन्द्रीय सदस्य (खुलातर्फ ३५ जना) को आइतबार दिउँसो ३ बजेसम्म २ हजार ९ सय ९३ मत गणना भएको छ । निर्वाचन समितिका अनुसार अहिलेसम्म डा.शशांक कोइरालाले २ हजार ४४२ मत सहित सबैभन्दा अगाडि छन् भने एनपी साउदले १ हजार ८९६, गृहमन्त्री बालकृष्ण खाँण १ हजार ८५२ र उदय सम्शेर राणाले १ हजार ८०८ मत पाएका छन् ।

१४ औं महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा हालसम्म सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्रीको मतपरिणाम सार्वजनिक भइसकेको छ । कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य गरी १३४ पदका लागि भएको मतदानमा जम्मा ४८७ ले उम्मेदवारी दिएका थिए । निर्वाचन समितिले अब एक सातामा सबै पदको मतगणना भइसक्ने जनाएको छ ।

हेर्नुहाेस् सूची 

 

कांग्रेस महाधिवेशन

कान्तिपुर

Link copied successfully