सहमहामन्त्रीतर्फ ५ वटै क्लस्टरको मतपरिणाम आजै

पुस २, २०७८

कान्तिपुर संवाददाता

काठमाडौँ — कांग्रेस सहमहामन्त्रीतर्फ ५ वटै क्लस्टरको मतपरिणाम शुक्रबारै आउने भएको छ । निर्वाचन समिति संयोजक गोपालकृष्ण घिमिरेले ५ वटै क्लस्टरको मत परिणाम आजै आउने बताएका हुन् ।

मुस्लिम, मधेशी र खस आर्य सहमहामन्त्रीको मत गणना केहीबेर अघिबाट कांग्रेसको केन्द्रीय पार्टी कार्यालय सानेपमा सुरु भएको छ ।

थारु र पिछडिएको क्षेत्रबाट सहमहामन्त्री पदको मत गणना भने बाँकी रहेको छ ।

हालसम्मको मत परिणाम :

सभापति : शेरबहादुर देउवा

उपसभापति : पूर्णबहादुर खड्का र धनराज गुरुङ

महामन्त्री : गगन थापा र विश्वप्रकाश शर्मा

महिला सहमहामन्त्री : महालक्ष्मी उपाध्याय 'डिना'

कांग्रेस महाधिवेशन

कान्तिपुर

Link copied successfully