देउवालाई बधाई दिँदै भट्टराईले भने : प्रतिगमनकारी शक्तिले टाउको उठाउन नपाउन्

मंसिर २९, २०७८

कान्तिपुर संवाददाता

काठमाडौँ — जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले कांग्रेस सभापतिमा दोस्रो पटक निर्वाचित भएका शेरबहादुर देउवालाई बधाई दिएका छन् । ट्विटरमार्फत सफल कार्यकालको शुभकामना दिँदै भट्टराईले देउवाको नेतृत्वमा संघीय लोकतान्त्रिक गणतन्त्र मजबुत हुने अपेक्षा व्यक्त गरेका छन् ।

प्रतिगमनकारी शक्तिले टाउको उठाउन नपाउन् भन्दै उनले लेखेका छन्, 'उहाँको नेतृत्वमा संघीय लोकतान्त्रिक गणतन्त्र मजबुत होस्; प्रतिगमनकारी शक्तिले टाउको उठाउन नपाउन्;अग्रगमनकारी शक्तिबीच एकता होस्;थप शुभेच्छा!'

प्रधानमन्त्री देउवा कांग्रेसको १४ औँ महाधिवेशनबाट पुनः सभापतिमा निर्वाचित भएका हुन् । दोस्रो चरणको मतदानमा शेखर कोइरालालाई ८ सय ७८ मतले पराजित गर्दै उनी सभापति बनेका हुन् ।सोमबार भएको मतदानमा कसैले पनि ५० प्रतिशत मत ल्याउन नसकेपछि बढी मत ल्याउने दुई जनाबीच मंगलबार पुनः निर्वाचन गराएर कांग्रेसको नेतृत्व चयन गरिएको हो ।

कांग्रेस महाधिवेशन

कान्तिपुर

Link copied successfully