कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
कांग्रेस महाधिवेशन

सभापतिमा म जितेमा कांग्रेसलाई पुरानै अवस्थामा ल्याउँछु : देउवा

काठमाडौँ — प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापतिका उम्मेदवार शेरबहादुर देउवाले आफू जितेमा पार्टीलाई पुरानै अवस्था फर्काउने बताएका छन् । 
काठमाडौंमा आइतबार आयोजित कार्यक्रममा देउवाले आफू सभापतिमा निर्वाचित भएमा आगामी निर्वाचनमा केन्द्रदेखि स्थानीय तहसम्म कांग्रेस नेतृत्वमा सरकार बनाउने दाबी गरे ।

सभापतिमा म जितेमा कांग्रेसलाई पुरानै अवस्थामा ल्याउँछु : देउवा

'मुलुकलाई कस्युनिस्ट शासनबाट मुक्त गर्नुपर्नेछ । खासगरी ओलीमुक्त बनाउनु छ,' उनले भने, 'अहिले केन्द्रदेखि स्थानीय तहमा कांग्रेस सरकार बन्दै गएको छ । अब निर्वाचनपछि फेरि केन्द्र, प्रदेश, स्थानीय तहमा सरकार बनाएर कांग्रेसलाई पुरानै अवस्थामा ल्याउन सफल हुनेछ, त्यसैले सभापतिमा मलाई र मेरो टिमलाई जिताउनुस् ।'

यस्तै नेता कृष्णप्रसाद सिटौलाले शेरबहादुर देउवा र उनको टिमलाई जिताएर कांग्रेस आगामी निर्वाचनमा उच्च मनोबलका साथ जानुपर्ने बताए ।

सिटौलाले शेरबहादुर देउवा नेतृत्वको सरकार निर्वाचनसम्म रहने भन्दै उनको सभापतिमा जितेका प्रधानमन्त्रीसहित कांग्रेस निर्वाचनमा जानुपर्नेमा जोड दिएका हुन् ।

'हामीसँग हारका अनुभव धेरै छन् । एमाले र माओवादी एक भएर बनेको बाम गठबन्धनका कारण हामीले हार ब्यहोर्‍यौं । यो सरकार निर्वाचनसम्म रहन्छ । निर्वाचन स्वच्छ, निप्ष्प र त्रासरहित वातावरणमा हुन्छ । निर्वाचन आउन लागेको बेला हामी महाधिवेशनमा छौं । सभापति पदमा हारेको प्रधानमन्त्रीको नेतृत्वमा सरकारमा जाने होइन, सभापति जितेका प्रधानमन्त्रीको नेतृत्वमा उच्च मनोबलका साथ निर्वाचनमा जानुपर्छ,' उनले भने, 'सभापति दुई कार्यकालको व्यवस्था हामीले विधानमा गरेका छौं । यो टिम जित्दा परिपक्का नेता पनि छन् । युवा नेता पनि छन् । यसलाई विश्वासको मत जिताएर जानुपर्छ ।'


प्रकाशित : मंसिर २६, २०७८ १७:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?