कांग्रेस महाधिवेशन : नो मास्क, नो इन्ट्री !

मंसिर २४, २०७८

कान्तिपुर संवाददाता

काठमाडौँ — कांग्रेसको १४औं महाधिवेशनको उद्घाटनस्थलमा मास्क अनिवार्य गरिएको छ । कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै स्वास्थ्य सुरक्षामा विशेष ध्यान पुर्‍याइने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

महाधिवेशनमा सहभागी हुने प्रतिनिधिलाई दिइएको झोलामा १० वटा मास्क पनि उपलब्ध गराइएको छ । मास्क नलगाई आउनेलाई मास्क लगाउन आग्रह गरिने पनि शर्माले बताए । मास्क लगाएको/नलगाएको बारे प्रहरीले अनुगमन गर्ने पनि शर्माले बताए ।

१४औं महाधिवेशनमा करिब ४६ सय प्रतिनिधि सहभागी हुनेछन् । 

महाधिवेशनको उद्घाटन शुक्रबार दिउँसो १ बजे सुरु हुनेछ । 

कांग्रेस महाधिवेशन

कान्तिपुर

Link copied successfully