सभापतिमा साझा उम्मेदवार तयबारे छलफल गर्न नेताहरू पौडेल निवास पुगे

मंसिर २४, २०७८

कान्तिपुर संवाददाता

काठमाडौँ — कांग्रेसको १४औं महाधिवेशन औपचारिक रूपमा सुरु हुनै लाग्दा नेताहरू सभापतिका लागि साझा उम्मेदवार छनोटको प्रयासमा लागेका छन् । संस्थापन पक्षबाट सभापतिमा प्रधानमन्त्री तथा वर्तमान सभापति शेरबहादुर देउवा उम्मेदवार भए पनि संस्थापनइतर समूहमा भने अझै पनि निर्णय हुन सकेको छैन ।

संस्थापनइतर समूहमा पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य शेखर कोइराला दुवैले उम्मेदवारी दिने अडान राखेका छन् । दुवैले सामाजिक सञ्जालमार्फत प्रचारप्रसार थालिसकेका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेलले भने कोइराला र सिंहबीच सहमति नभए आफू महाधिवेशनमै नजाने बताएका छन् । 

अहिले साझा उम्मेदवार तयका विषयमा छलफल गर्न नेताहरू पौडेले निवास बोहोराटार पुगेका छन् । अहिले पौडेलसँग छलफल गर्न बलबहादुर केसी, मीनेन्द्र रिजाल र  महामन्त्रीका प्रत्याशी गगन थापा पौडेल निवास पुगेका छन् । 

कांग्रेस महाधिवेशन

कान्तिपुर

Link copied successfully