पौडेललाई सिटौलाको प्रश्‍न- 'मैले किन सहयोग गर्ने, आधार दिनुहोस् ?'

मंसिर २२, २०७८

कान्तिपुर संवाददाता

काठमाडौँ — कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले वरिष्ठ नेता रामचन्द्र पौडेललाई आफूले सहयोग गर्नुपर्ने आधार दिन मागेका छन् ।  पौडेल सिटौलालाई भेट्न उनको निवास चण्डोल पुगेका थिए । 

भेटमा दुई नेताबीच वान टू वान वार्ता भएको एक नेताले जानकारी दिए । ती नेताका अनुसार पौडेलले सिटौलासँग मिलेर जाने प्रस्ताव गरेका थिए । तर, सिटौलाले जवाफमा 'मैले किन सहयोग गर्ने आधार दिनुहोस्' भनेका थिए । 

सिटौला १३औं महाधिवेशनबाट पौडेल समूहबाट असन्तुष्ट बनेर बाहिरिका थिए । सिटौलासँगै बाहिरिएका गगन थापा भने अहिले संस्थापन इतर पक्षको एकताका लागि जोड दिँदै आएका छन् ।

स्रोतका अनुसार पौडेलले युवा नेताहरुकै आग्रहमा सिटौलालाई भेटेका हुन् । सिटौलाले पनि आफू पक्षीय नेताहरुसँग छलफल गरेका छन् । सो छलफलमा बहुमत केन्द्रीय सदस्यहरुले देउवासँग मिलेर जानपर्ने सुझाव दिएका छन् । 

कांग्रेस महाधिवेशन

कान्तिपुर

Link copied successfully