कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
कांग्रेस महाधिवेशन

सहमहामन्त्रीमा कर्णालीका मुख्यमन्त्री शाहीको उम्मेदवारी घोषणा

चाँदनी कठायत

वीरेन्द्रनगर — कांग्रेसको महाधिवेशनमा कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । केन्द्रीय सदस्यसमेत रहेका उनले सहमहामन्त्री पदमा उम्मेदवारी दिने जानकारी दिए । कर्णाली प्रदेशको भूगोल कोटाबाट उम्मेदवारी दिने उनले घोषणा गरेका छन् ।

सहमहामन्त्रीमा कर्णालीका मुख्यमन्त्री शाहीको उम्मेदवारी घोषणा

यही मंसिर २४ गतेदेखि २७ गतेसम्म काठमाडौंमा कांग्रेसको १४ औं महाधिवेशन छ । मंसिर २५ मा उम्मेदवारको मनोनयन दर्ता गर्ने निर्वाचन कार्यतालिका छ । उनी कांग्रेस हुम्लाको संस्थापक सभापति हुन् । २२ वर्षको उमेरमा कांग्रेसको हुम्लाको उनी पहिलो सभापति बनेका थिए ।

त्यसयता २६ वर्ष लगातार जिल्ला सभापति भएर काम गरेका शाही ११ औं, १२ औं र १३ महाधिवेशनमा केन्द्रीय सदस्य भएका थिए । उनी ०७० मा भएको दोस्रो संविधान सभा निर्वाचनबाट सांसद निर्वाचित भएका हुन् । ०७४ को निर्वाचनमा उनी प्रदेश सांसद भएका हुन् ।

प्रकाशित : मंसिर २१, २०७८ १२:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?