कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
एमाले महाधिवेशन

‘निर्विकल्प’ ओलीलाई रावलको चुनौती, अध्यक्षमा चुनावी प्रतिस्पर्धा हुँदै

बबिता शर्मा

चितवन — महाधिवेशन प्रतिनिधिलाई आफ्नो विवेक प्रयोग गर्न नदिइ सर्वसम्मतिको नाममा पदाधिकारीसहित आफू अनुकुलको केन्द्रीय कमिटी घोषणा गरे पनि अध्यक्ष केपी शर्मा ओलीले अन्तत: प्रतिस्पर्धा गर्नुपर्ने भएको छ । 

‘निर्विकल्प’ ओलीलाई रावलको चुनौती, अध्यक्षमा चुनावी प्रतिस्पर्धा हुँदै

ओलीलाई निर्विकल्प अध्यक्ष बनाउन खोजिए पनि भीम रावलले त्यसमा असहमति राख्दै अध्यक्षमा उम्मेदवारी दिने भएपछि एमाले महाधिवेशनमा अध्यक्ष पदमा पनि निर्वाचन हुने स्थिति आएको हो ।

अध्यक्ष ओलीले आइतबार मध्यरातसम्म सहमतिको कोसिस गरे पनि लोकतान्त्रिक प्रक्रिया भन्दा बाहिर गएर भएको निर्णयमा आफ्नो असहमति रहने भन्दै रावलले विधि र प्रक्रियाको कुरा उठाएपछि ओलीको सर्वसम्मत बन्ने प्रयासमा धक्का लागेको हो । सोमबार बिहान मनोनयन दर्ताको कार्यक्रम छ । त्यहाँ अध्यक्षमा रावलले उम्मेद्वारी हाल्दैछन् । आइतबार मध्यरात नै उनले फारम लगेर भरिसकेका छन् ।

अब अध्यक्ष ओलीले प्रस्ताव गरेको पदमा संख्या भन्दा बढी उम्मेदवार परे ती पदहरूमा चुनाव हुन्छ । नेता घनश्याम भुसाल पनि सहमतिको प्रस्तावमा समेटिएका छैनन् । त्यसैले उनले पनि उपाध्यक्षमा उम्मेदवारी दिने सम्भावना छ । उनले उम्मेदवारी दिए उपाध्यक्ष पदमा पनि निर्वाचन हुन्छ । केन्द्रीय सदस्यहरूमा पनि धेरै आकांक्षीको नाम छुटेको छ । त्यसैले ती पदमा पनि निर्वाचन हुने सम्भावना छ । नेता सुवासचन्द्र नेम्बाङका अनुसार आवश्यक संख्या भन्दा बढी भएका पदमा निर्वाचन हुन्छ । ‘क्लष्टर भन्दा बढी उम्मेदवारी पर्‍यो भने चुनाव हुन्छ’ उनले कान्तिपुरसँग भने ।


प्रकाशित : मंसिर १३, २०७८ ०४:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?