ओलीद्वारा बन्दसत्रमा ३०१ सदस्यीय केन्द्रीय कमिटीको प्रस्तावित सूची पेश

मंसिर १३, २०७८

कान्तिपुर संवाददाता

काठमाडौँ — एमाले महाधिवेशनको मध्यराती सुरु भएको बन्दसत्रमा अध्यक्ष केपी शर्मा ओलीले ३०१ सदस्यी य केन्दीय कमिटीको सूची पेश गरेका छन् ।

सर्वसम्मतिको प्रयास गरे पनि उनीविरुद्ध भीम रावलले अध्यक्षमा उठ्ने घोषणा गरिरहेका बेला ओलीले आइतबार दिनभर गरेको कसरत अनुसार तयार गरेको सूची पेश गरेका हुन् । उनले सूची तयार गरेपछि अध्यक्षमण्डलको बैठक राखेका थिए । उक्त बैठकमा रावलले जुनसुकै हालतमा पनि ओलीविरुद्ध उठ्ने घोषणा गरेका थिए । 

एमाले महाधिवेशन

कान्तिपुर

Link copied successfully