अध्यक्षमण्डलको बैठकमा रावलले गरे ओलीविरुद्ध उठ्ने घोषणा, अध्यक्षमा उम्मेदवारी दिने

मंसिर १३, २०७८

कान्तिपुर संवाददाता

काठमाडौँ — भीम रावलले नेकपा (एमाले)को अध्यक्षमा जसरी उम्मेदवारी दिएरै छाड्ने अडान लिएका छन् । अध्यक्षमण्डलको बैठकमा रावलले ओलीलाई सर्वसम्मत गराउने प्रस्ताव अस्वीकार गरेका हुन् । निवर्तमान अध्यक्ष केपी शर्मा ओलीले सहमतिमा आफू नै अध्यक्ष हुने चाहना राखे पनि निवर्तमान उपाध्यक्ष रावलले उम्मेदवारी दर्ता गराउन फारम लगेकाछन् ।

बैठकपछि रावलले भने ‘अध्यक्षमण्डलको बैठकको कुराकानी हुँदा अध्यक्षमा उठ्ने राजनीतिक घोषणा गरिसकेको छु र मनोनयन पत्र भरिसकेको छ । जहिले भन्छ तहिले मनोनयन पत्र दाखिला गर्छु । अध्यक्षमा मैले दिन्छु । आज दिनभर समय खेर गएको छ ।’ उनले अलोकतान्त्रिक विधिबाट हुने गतिविधिमा आफ्नो समर्थन नरहने बताए ।

एमाले महाधिवेशनएमाले

कान्तिपुर

Link copied successfully