निर्वाचन कार्यतालिका: रातभर उम्मेदवारीको काम, सोमबार मतदान

मंसिर १२, २०७८

कान्तिपुर संवाददाता

काठमाडौँ — एमालेको दसौं महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ । एमाले निर्वाचन आयोगका अध्यक्ष विजय  सुब्बाले आइतबार राति निर्वाचन कार्यतालिका सार्वजनिक गरेका हुन् । 

निर्वाचन कार्यतालिकाअनुसार मतदाता नामावली प्रकाशन आइतबार राति ११ बजेको समय राखिएको छ । त्यस्तै, मतदाता नामावलीउपर दाबी, विरोध र सुधारको समय १५ मिनेट राखिएको छ । 

सार्वजनिक गरिएको निर्वाचन कार्यतालिका अनुसार मतदाता नामावली र त्यसमाथिको दाबीवरोध एवं सुधारको समय घर्किइसकेको छ । 

११ बजेर २० मिनेटपछि ५ मिनेटमा दाबी विरोध र सुधारका लागि परेको सूचना प्रकाशित गर्ने समय छुट्याइएकोमा ५ मिनेटमा दाबी विरोधमाथि छानबिन गरी अन्तिम नामावली प्रकाशित गर्ने समय निर्धारण गरिएको छ ।

राति ११:३० देखि एक घण्टाको समय उम्मेदवारी दर्ताका लागि दिइएको छ । राति सवा २ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका तय गरिएको छ । 

सम्बन्धित समाचार

सोमबार बिहान ९ बजेदेखि ४ बजेसम्म मतदानको समय निर्धारण गरिएको छ । 


एमाले महाधिवेशनएमाले

कान्तिपुर

Link copied successfully