काठमाडौँ — एमालेको निर्वाचन कार्यतालिकामा हेरफेर भएको छ । एमालेको केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाले रातिको समयमा उम्मेदवारी दर्ता लगायतका काम नगर्ने भनेर स्थगित गरिएको बताए ।
'यो काम राति नगरौं भन्ने भयो । अहिले निर्वाचनका सबै प्रक्रिया स्थगित गरिएको छ । सोमबार बिहान ८ बजेदेखि सुरु हुन्छ,' सुब्बाले कान्तिपुरसँग भने ।
यसअघि राति सवा २ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्ने गरी निर्वाचन तालिका सार्वजनिक गरिएको थियो ।
भीम रावलले अध्यक्षमा उम्मेदवारी दिने, उपाध्यक्षमा घनश्याम भुसालले उम्मेदवारी दिने तयारी गरेका थिए । कतिपय प्रतिनिधिले केन्द्रीय सदस्यमा उम्मेदवारी दिनका लागि फारामसमेत लिइसकेको अवस्थामा निर्वाचन कार्यक्रम स्थगित गरिएको हो ।
