केन्द्रीय कमिटी घोषणा गर्दै ओलीले भने– सहमत नहुनेले चुनाव लड्न पाइन्छ

मंसिर १३, २०७८

कान्तिपुर संवाददाता

काठमाडौँ — एमाले अध्यक्ष केपी शर्मा ओलीले सहमतिको प्रस्ताव भन्दै  ३०१ सदस्यीय केन्द्रीय कमिटीको नाम महाधिवेशनको बन्दसत्रमा पेश गरेका छन् । उनले यो सूचीमा आपत्ति हुनेका लागि निर्वाचन लड्ने बाटो खुल्ला राखेको जानकारी दिए  ।

बन्दसत्र हलमा ओलीले केन्द्रीय कमिटीको नाम प्रस्ताव गरेपछि उनले भने,‘सहमतिका लागि नाम प्रस्ताव गरे, सहमत नहुनेहरू चुनाव लड्न पाइन्छ । यद्यपी हामीलाई भोलि (सोमबार)  यहाँ बस्ने ठाँउ छैन समस्या छ ।’

महाधिवेशन आइतबार सम्मका लागि मात्र निर्धारित थियो । चुनावी प्रक्रिया कि सर्वसम्मति भन्ने अन्योलले महाधिवेशन लम्बिएको हो । ओलीले यो  सूचीमा नपर्नेहरूलाइ मनोनयनबाट ल्याउने आश्वासन दिए ।

एमाले महाधिवेशनएमाले

कान्तिपुर

Link copied successfully