एमाले महाधिवेशन

घनश्याम भूसालले पनि माग्‍नथाले भोट

काठमाडौँ — नेकपा एमालेको जारी १०औं महाधिवेशनमा सर्वसम्मत रुपमा नेतृत्व चयनको पहल भइरहँदा उपमहासचिव घनश्याम भूसालले उपाध्यक्ष पदका लागि मत माग्न थालेका छन् ।

घनश्याम भूसालले पनि माग्‍नथाले भोट

महाधिवेशनको बन्द सत्र हुनुभन्दा अघिदेखि नै उनले प्रतिनिधिहरूलाई भेटेर र फोन गर्दै आफूलाई उपाध्यक्षमा मतदान गर्न भोट मागेका हुन् । अहिले भने सौराहास्थित होटल सेभेन स्टारमा बन्द सत्र चलिरहेको छ ।

साथै अध्यक्ष केपी ओलीले आन्तरिक छलफलपछि सहमति भएको भन्दै बन्द सत्रमा प्रवेश गरेका थिए । यद्यपि अध्यक्ष पदमा भीम रावलले र उपाध्यक्ष पदमा घनश्याम भूसालले उम्मेदवारी घोषणा गरिसकेका छन् । रावल र भूसाल दुवैले आफ्नो पक्षमा भोट माग्न थालेका हुन् । एमाले निर्वाचन समितिले भने ८ बुँदे आचार संहिता जारी गरिसकेको छ ।

नेता भूसालले फेसबुकमा पनि आफ्नो प्रचार गर्दै उपाध्यक्ष पदमा आफूलाई मतदान गर्न आह्वान गरेका छन् । भूसालले फेसबुकमा लेखेका छन् 'दलाल पूँजीवादको अन्त्य र राष्ट्रिय पूँजीको विकास गर्दै समाजवादको तयारी गरौँ । सामुहिकता, विधि र विचारसहित नेकपा एमालेको पुनरोदय गरौँ । घनश्याम भूसाललाई उपाध्यक्ष पदमा विजयी गराऔं '

प्रकाशित : मंसिर ११, २०७८ १६:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?