मोदी नेपालमा हिन्दु राष्ट्र र राजतन्त्र पुनर्स्थापना गराउन लागि परेका छन् : जोगीन्दर शर्मा

काठमाडौँ — भारतीय कम्युनिष्ट मार्क्सवादी पार्टीका नेता जोगीन्दर शर्माले भारतको नरेन्द्र मोदी सरकारले नेपाललाई हिन्दु राष्ट्र र राजतन्त्रलाई पुनर्स्थापना गराउन लागि परेको बताएका छन् ।

मोदी नेपालमा हिन्दु राष्ट्र र राजतन्त्र पुनर्स्थापना गराउन लागि परेका छन् : जोगीन्दर शर्मा

नेकपा एमालेका बन्द सत्रलाई सम्बोधन गर्दै शर्माले सन् २०२५ सम्ममा मोदी सरकारले भारतलाई पनि हिन्दु राष्ट्र बनाउन खोजेको बताएका छन् ।

'भारतको नरेन्द्र मोदी सरकारले नेपालमा राजतन्त्र र हिन्दु राष्ट्र पुनर्स्थापना गराउन लागि परेको छ, ' शर्माले भने । 'फाँसीवाद आरआरएसको धर्मनिरपेक्षा र प्रजातन्त्रका लागि खतराको रुपमा रहेको छ । सन् २०२५ सम्म भारतलाई पनि हिन्दु राष्ट्र बनाउने लक्ष्य लिएको छ,' उनले भने ।

उनले मोदी नेतृत्वको सरकारले भारतमा मात्रै नभएर दक्षिण एसियाबाट कम्युनिष्ट आन्दोलन समाप्त पार्ने कोसिसमा रहेको भन्दै त्यसतर्फ सचेत गराएका छन् । उनले मोदीको तानाशाही सरकारलाई किसान आन्दोलनको बारेमा बझ्नु पर्ने बताएका छन् । बंगलादेश कम्युनिष्ट पार्टीका नेता अब्दुल्ला अल काफीले पनि कार्यक्रमलाई सम्बोधन गरेका थिए ।

प्रकाशित : मंसिर ११, २०७८ १५:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?