१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

१० तस्बिरमा एमाले महाधिवेशनको बन्द सत्र

तस्बिर : अंगद ढकाल, हेमन्त श्रेष्ठ

चितवन — नेकपा (एमाले)को १०औं महाधिवेशनअन्तर्गत शनिबार अपराह्नदेखि बन्द सत्र सुरु भएको छ । चितवनको सेभन स्टार होटल परिसरमा जारी बन्द सत्रमा एमालेले आमन्त्रण गरेका विदेशी पाहुनाहरुले सम्बोधन गरिरहेका छन् । बिहान १० बजेदेखि सुरु हुने भनिएको बन्दसत्र ३ बजेदेखि सुरु भएको हो ।

सर्वसम्मतका लागि भन्दै नेताहरु आन्तरिक छलफलमा जुटेपछि बन्दसत्र सुरु हुन ढिला भएको एमाले चितवनका जिल्ला अध्यक्ष पार्वती रावलले जानकारी दिनुभयो ।बन्द सत्रमा समसामयिक प्रस्तावहरुको पारित गर्ने, केन्द्रीय कमिटीले शुक्रबार पारित गरेको विधान संशोधन प्रस्तावलाई पनि छलफल हुने नेताहरुले बताएका छन् । महाधिवेशनको बन्दसत्रमा मनोनीतसहित दुई हजार दुई सय ७५ प्रतिनिधि छन् । बन्दसत्रले नयाँ नेतृत्व चयन गर्नेछ । शुक्रबारदेखि सुरु भएको एमाले महाधिवेशन आइतबारसम्म चल्नेछ ।


प्रकाशित : मंसिर ११, २०७८ १५:५५
प्रतिक्रिया
पठाउनुहोस्