बिहीबार साँझदेखि शुक्रबारसम्म नारायणगढ-बुटवल सडक खण्डमा मालवाहक सवारी सञ्चालनमा रोक

नवीन पौडेल

परासी — नेकपा एमालेको १० औं महाधिवेशनमा जाने सवारी साधनलाई मध्यनजर गर्दे बिहीबार साँझदेखि शुक्रबारसम्म बुटवल नारायणगढ सडक खण्डमा मालोाहक सवारी सञ्चालनमा प्रशासनले रोक लगाएको छ । 

बिहीबार साँझदेखि शुक्रबारसम्म नारायणगढ-बुटवल सडक खण्डमा मालवाहक सवारी सञ्चालनमा रोक

पूर्वी र पश्चिम नवलपरासीको सुरक्षा समितिको बैठकले बिहीबार साँझदेखि मालवाहक सवारी साधनलाई यस खण्डमा रोक लगाएको हो । पश्चिमबाट आउने सवारी साधनलाई वैकल्पिक मार्ग खोज्न आग्रह गर्ने र बुटवलदेखि नारायणगढ सडक खण्डको मुख्य मार्गमा मालवाहक सवारी सञ्चालनमा रोक लगाएको पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले बताए ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत दाउन्नेमा दिनहुँ जस्तो हुने सवारी जाम र सडकको अवस्था जीर्ण भएकाले यस्तो व्यवस्था गरिएको हो । एमाले कायकर्ता सहजरुपमा कार्यक्रमस्थलमा पुग्न सकून भन्ने उद्देश्यले मालवाहक सवारी सञ्चालनमा रोक लगाइएको हो । पश्चिमबाट आउने सवारीलाई बुटवलमा रोकिने छ भने भारततर्फ बाट आउने सवारीलाई भैरहवामा होल्ड गरिने छ ।

महाधिवेशनमा सहभागी हुने बाहेकका यात्रुवाहक र निजी सवारी साधनलाई पनि वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ । पश्चिमबाट नारायणगढ भन्दा टाढा जाने सवारी साधनले पोखरा हुँदै सवारी चलाउन सक्ने छन् । तर अत्यावश्यक क्षेत्रका सवारी साधन सञ्चालनमा भने रोक लगाइएको छैन । यसैबीच, पूर्वी र पश्चिम नवलपरासीमा चितवनमा आउने नेता तथा कार्यकर्ताको स्वागतमा विभिन्न स्थानमा स्वागतद्वार निमार्ण गरिएको छ ।

प्रकाशित : मंसिर ९, २०७८ १७:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?