एमाले महाधिवेशनको बन्द सत्रमा विदेशी पाहुनाले पनि सम्बोधन गर्ने 

‘गाडी चल्न पाउदैन भन्ने झुटो प्रचार हो’

मंसिर ९, २०७८

कान्तिपुर संवाददाता

काठमाडौँ — एमालेको दसौं महाधिवेशनको शनिबार हुने बन्द सत्रमा विदेशी पाहुनाहरूले पनि सम्बोधन गर्ने भएका छन् । चितवनमा आयोजित पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए । 

एमाले विभिन्न देशका पार्टीहरूलाई  महाधिवेशनमा सहभागी हुन बोलाएको छ । शुत्रबार उद्घाटन हुने त्यसपछि प्रतिनिधिको परिचयत्र वितरण हुने छ । त्यसपछि  शनिबार बन्दसत्र सुरु हुनेछ  । त्यही दिन उम्मेद्वारी दर्ता र अन्तिम सूची प्रकाशन हुने छ । उद्घाटन सत्रमा ५ हजार स्वयंसेवक खटिने उनले जानकारी दिए । 

‘गाडी चल्न पाउदैन भन्ने झुटो प्रचार हो’

एमालेको महाधिवेशन स्थल वरपर गाडी चल्न पाउदैन भन्ने गलत प्रचार भएको बताए । उनले मान्छेको हिँडडुल  र सवारी अवागमनका कुनै अवरोध नहुने जानकारी दिए । 

एमाले महाधिवेशनएमाले

कान्तिपुर

Link copied successfully