रुपन्देहीमा पौडेल पक्षका उम्मेदवारमाथि देउवा पक्षको आक्रमण

मंसिर ७, २०७८

सन्जु पौडेल

तिलोत्तमा — नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत रुपन्देही क्षेत्र नम्बर २ को मत गणनास्थलमा महाधिवेशन प्रतिनिधिका उम्मेदवार दीर्घबहादुर केसीमाथि आक्रमण भएको छ ।

रामचन्द्र पौडेल समूहबाट उम्मेद्वार बनेका केसीलाई पार्टी सभापति शेरबहादुर देउवा समूहले आक्रमण गरेको हो । मतगणना जारी रहेको अवस्थामा केसीमाथि आक्रमण भएपछि मतगणना स्थगित भएको छ ।

केसीको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भैरहेको नेपाली कांग्रेस बुटवल उपमहानगर सभापति खेलराज पाण्डेले जानकारी दिए । मतगणनामा पौडेल समूहका उम्मेदवारहरुले अग्रता लिएका थिए । आक्रमणपछि अहिले मतगणना स्थगित भएको छ ।

कांग्रेस महाधिवेशन

सन्जु पाैडेल कान्तिपुरकी रूपन्देहीस्थित तत्कालीन संवाददाता हुन् ।

Link copied successfully