विनोद चौधरी कांग्रेस महाधिवेशन प्रतिनिधि चयन

नारायण शर्मा

पूर्वी नवलपरासी — पूर्वी नवलपरासीबाट उद्योगपति एवं संघीय सांसद विनोद चौधरी कांग्रेस महाधिवेशन प्रतिनिधि चयन भएका छन् । निर्वाचन अधिकृत चुडामणि कँडेलका अनुसार मधेशी, अल्पसंख्यक समुदायको कोटाबाट चौधरी सर्वसम्मत रूपमा महाधिवेशन प्रतिनिधि चयन भएका हुन् । 

विनोद चौधरी कांग्रेस महाधिवेशन प्रतिनिधि चयन

चौधरी निर्वाचन क्षेत्र नम्बर १ बाट सोमबार चुनिएका हुन् । क्षेत्र नम्बर १ बाट २५ जना महाधिवेशन प्रतिनिधिका लागि ५० जनाको उम्मेदवारी परेको छ । अल्पसंख्यक र मधेशी कोटामा भने चौधरी निर्विरोध चयन भएका हुन् । अन्य सबै पदमा मंगलबार निर्वाचन हुने छ ।

२०६४ मा एमालेबाट संघीय सांसद रहेका चौधरी २०७४ को निर्वाचनअघि कांग्रेसमा प्रवेश गरेलगत्तलै समानुपातिकतर्फ सांसद बनेका थिए ।।


प्रकाशित : मंसिर ७, २०७८ ०९:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?