२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९०

विवाद भएपछि कांग्रेस रुपन्देही क्षेत्र नम्बर ३ को मतदान स्थगित

मतदान प्रक्रिया अघि बढाउन देउवा पक्षको माग
माधव ढुंगाना

भैरहवा — मतदानको विषयलाई लिएर दुई पक्षबीच विवाद हुँदा कांग्रेस रुपन्देहीको प्रतिनिधि सभा क्षेत्र नम्बर ३ को मतदान प्रक्रिया स्थगित भएको छ ।

विवाद भएपछि कांग्रेस रुपन्देही क्षेत्र नम्बर ३ को मतदान स्थगित

अपरान्ह ५:४५ बाट मतदान प्रक्रिया सुरु भएपछि क्षेत्रीय कमिटीका सभापति पदका उम्मेदवार मातृकाप्रसाद यादवसहितको समूहले मतदान ढिलो भएको भन्दै बहिष्कार गर्दै मतदानस्थलबाट बाहिरिएको थियो । साँझबाट मतदान गर्दा रातिसम्म हुने अबेरसम्म हुने र सुरक्षा हुन नसक्ने जनाउँदै बहिष्कार गरेको हो । उक्त समूह रामचन्द्र पौडेल पक्ष हो ।

बहिष्कार गरेलगत्तै निर्वाचन मण्डलले एक पक्षीयरुपमा मतनदान गराउन उपयुक्त नहुने भन्दै स्थगित गरेको छ । यद्यपि त्यतिन्जेल ५० वटा मत खसिसकेको थियो । देउवा पक्षले भने मतदान प्रक्रिया अघि बढाउन माग गरिरहेको छ । मतदान सुचारु राख्नु पर्ने भन्दै मतदानस्थलमा नाराबाजी जारी छ ।

देउवा पक्षले सोमबार नै मतदान गर्ने भनेर मुचुल्कामा हस्ताक्षर गरेपछि बहिष्कार गरेको आरोप लगाएको छ । प्रमुख निर्वाचन अधिकृत जीवनारायण अधिकारीले एक पक्षले बहिष्कार गरेर गएपछि अनिश्चितकालका लागि निर्वाचन प्रक्रिया रोकिएको बताए । उनले भने, 'निर्वाचनका लागि मुचुल्कामा हस्ताक्षर गरेपछि पनि ढिलो गरी सुरु भयो भनेर एक पक्ष हिँडेपछि हामीले स्थगित गरेका हौं । ' दुवै पक्षले पत्रकार सम्मेलन गरी एकअर्कालाई दोषारोपण गरेका छन् ।

प्रकाशित : मंसिर ६, २०७८ १८:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुख्खा मौसम सुरुभएसँगै डढेलो र आगलागी घटना व्यापक बढेका छन् । वर्षेनी हुने यस्ता घटनाबाट धेरै क्षति हुन नदिन के गर्नुपर्छ ?