महाधिवेशन प्रतिनिधि मनोनयनको टुंगो लगाउन एमाले स्थायी कमिटी बैठक बस्दै

मंसिर ६, २०७८

कान्तिपुर संवाददाता

काठमाडौँ — दसौँ महाधिवेशनमा प्रतिनिधि मनोनयनबारे छलफल गर्न नेकपा एमालेको स्थायी कमिटी बैठक बोलाइएको छ । एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार सोमबार दिउँसो ३ बजे ललितपुरस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा स्थायी कमिटी बैठक बस्दैछ ।

दसौँ महाधिवेशनमा सहभागी हुने प्रतिनिधिमध्ये ५ प्रतिशत मनोनयनबाट आउने व्यवस्था छ । सोमबारको बैठकबाट स्थायी कमिटीले मनोनयन सूची केन्द्रीय कमिटीमा पठाउने सचिव तामाङले बताए । 

चितवनमा मंसिर १० देखि १२ गतेसम्म हुने एमालेको १० औं राष्ट्रिय महाधिवेशन हुँदैछ ।

एमाले महाधिवेशन

कान्तिपुर

Link copied successfully