कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

म्याग्दीमा देउवा र सल्यानमा पौडेल पक्ष विजयी 

काठमाडौँ — कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत प्रदेश सभातर्फको निर्वाचनमा म्याग्दीमा देउवा पक्ष र सल्यानमा पौडेल पक्षका उम्मेदवार विजयी भएका छन् । 

सल्यानको प्रदेश क्षेत्र नम्बर 'क' मा सुरेश चन्द र 'ख' मा सुरेश अधिकारी निर्वाचित भएका छन् । चन्दले ११ मतान्तरले गोरखबहादुर खत्रीलाई पछि पार्दै विजयी भए । अधिकारीले ४२ मतअन्तरले प्रतिस्पर्धी वीरबहादुर सेजवाललाई हराए । चन्दले ३ सय १३ र अधिकारीले ३ सय १२ मत ल्याएका थिए ।

म्याग्दीको प्रदेश क्षेत्रमा देउवा समूहका खम्वीर गर्वुजा सर्वसम्मत रूपमा निर्वाचित भएका छन् । उपसभापति पदमा देउवा पक्षका केबी भण्डारी र हरीकुमार श्रेष्ठ निर्वाचित भए । सचिवमा देउवा समूहका भरत रकाल र पौडेल समूहका हिरा पुन विजयी भए । सहसचिवमा भने पौडेल समूहका ध्रुवराज कार्की र श्रीराम पौडेल विजयी भएका छन् ।

यसैबीच, अर्घाखाँची प्रदेशसभा ‘क’ बाट क्षेत्रीय सभापतिमा राजेशकुमार पन्थी १८ मतान्तरले विजयी भएका छन् । उनका प्रतिस्पर्धी हुमप्रसाद बञ्जाडेले ३ सय २४ मत ल्याए । सभापति पदमा निर्वाचित भएर पन्थी छत्रदेव गाउँपालिका–३ का वडाध्यक्ष हुन् ।

प्रकाशित : मंसिर ४, २०७८ १२:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?