कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, सर्वोच्चको विवादबारे पनि छलफल हुने

कार्तिक २८, २०७८

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आइतबार बस्दैछ । करिब ३ महिना पश्चात् सत्तारुढ दल कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्न लागेको हो । दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा महाधिवेशन तयारीबारे छलफल हुनेछ । 

प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासमा बैठक बस्‍ने केन्द्रीय सदस्य किरण गिरीले जानकारी दिए । शनिबार बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले केन्द्रीय समिति बैठकमा हुने छलफलका लागि महाधिवेशन तयारीका एजेन्डा तयार पारेको छ । 

बैठकले केन्द्रीय निर्वाचन समितिले तयार पारेको १४ औं महाधिवेशन कार्यतालिका अनुमोदन गर्ने छ । भातृ तथा विदेशस्थित जनसम्पर्क समितिबाट महाधिवेशनमा भाग लिने प्रतिनिधिहरु र सरकार सञ्चालनको विषयमा समेत छलफल हुने प्रवक्ता विश्वप्रकाश शर्माले बताए । 

बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे पनि छलफल हुनेछन् । सर्वोच्च अदालतको विवादबारे पनि बैठकमा छलफल हुने कांग्रेस नेताहरुले बताएका छन् ।

कांग्रेस महाधिवेशन

कान्तिपुर

Link copied successfully