काठमाडौँ — नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टीको १४ औँ महाधिसवेशनको कार्यतालिका एक दिन पनि परिवर्तन हुन नहुने बताएका छन् ।
नेता सिटौलाले कार्यतालिका अत्यन्तै छोटो भएकाले पार्टीको महाधिवेशनलाई सफलतापूर्वक सम्पन्न गराउने काममा मिलेर अघि बढ्न पनि पार्टीका नेता, कार्यकर्तालाई आह्वान गरेका छन् ।
बुधबार काठमाडौंको शान्ति वाटिकामा आयोजित कार्यक्रममा नेता सिटौलाले पार्टी नेतृत्वको लागि स्वच्छ प्रतिस्पर्धा गर्न र पार्टीलाई सम्पूर्ण रूपमा एकताबद्ध बनाएर देशप्रति समर्पित भएर अघि बढ्न पार्टीका नेता, कार्यकर्तालाई आग्रह गरेका छन् । ‘२७ गतेबाट बाँकी रहेका वडा अधिवेशन सम्पन्न गरेर मंसिरको २७ गते पार्टीको केन्द्रित पदाधिकारी हामीले निर्वाचित गर्नुछ । अत्यन्तै छोटो कार्यतालिका छ । अत्यन्तै साँघुरो हाम्रो कार्यतालिका छ,' उनले भने, 'तर एक दिन पनि यो कार्यतालिका परिवर्तन हुन सक्दैन । यसलाई हामीले सफल बनाउनु छ, सबैले मिलेर ।'
पार्टीमा सबैले स्वच्छ प्रतिस्पिर्धा गर्नुपर्ने पनि सिटौलाको भनाइ थियो । उनले भने, 'स्वच्छ प्रतिस्पर्धा गर्नुछ । आन्तरिक लोकतन्त्रको अभ्यास दिल खोलेर गर्नुछ । प्रतिस्पर्धापछि पार्टीभित्र सम्पूर्ण एकता निर्माण गरेर पनि देशप्रति समर्पित पार्टीको रूपमा नेपाली कांग्रेसलाई उर्तानुछ ।'
जनताको हितमा काम गर्न सबै राजनीतिक दलहरुले एकताaद्ध भएर अघि बढनुपर्ने आवश्यक्ता रहेको पनि सिटौलाको भनाइ थियो ।
