२४ घण्टामा कोरोनाबाट ११ को मृत्यु, थपिए ४२२ संक्रमित 

कान्तिपुर संवाददाता

काठमाडौँ — पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट नेपालमा ११ जनाको मृत्यु भएको छ । 

२४ घण्टामा कोरोनाबाट ११ को मृत्यु, थपिए ४२२ संक्रमित 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ११५ जनाको पीसीआर परीक्षणबाट ४२२ जना नयाँ संक्रमित थपिएका छन् । त्यसैगरी ३ हजार १७२ जनाको एन्टिजेन परीक्षणबाट ४७ जना संक्रमित पुष्टि भएका छन् । निको भएर डिस्चार्ज हुनेमा ५५५ जना रहेका छन् ।

देशभर सक्रिय संक्रमितको संख्या ९ हजार १७४ रहेको छ । ५ सय भन्दा बढी सक्रिय संक्रमितको संख्या रहेको जिल्ला काठमाडौँ, भक्तपुर र ललितपुर रहेका छन् ।

प्रकाशित : कार्तिक १६, २०७८ १६:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?